arrow

कतार विश्वकपका लागि लगिँदै नेपाली कामदार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
qatar-world-cup-2022.png

काठमाडौं ।  कतारमा हुने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजाने भएको छ । नेपाल सरकारले प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । 

कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  अनुमति दिएको हो ।
 
श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ । 

मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । 

विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो ।

 सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो ।  

कतार विश्वकपको रंगशाला बनाउने क्रममा भने नेपाली कामदारले निकै दुःख पाएका थिए । उनीहरुलाई महिनौंसम्म पनि बाहिर सम्पर्क गर्न नदिएको, राम्रोसँग खाने बस्ने व्यवस्था पनि नभएको व्यापक गुनासो आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ