arrow

पाँच घण्टापछि खुल्यो डुम्रे-आँबुखैरेनी सडक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
Prithivi rajmarga.jpg

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३० बजेदेखि अवरुद्व भएको थियो । 

जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उहाँले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ