arrow

पोखराकी निशा बैकिङ कसुर मुद्दामा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
pakrau9.jpg

पोखरा । पोखराकी एक महिला काठमाडौंमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ की ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।

उनी बैकिङ कसुर मुद्दामा पक्राउ परेकी हुन् । उनी काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्दै आएकी थिइन् ।

बैकिङ कसुर मुद्धामा अदालतबाट दोषी ठहर भएपछि उनी फरार थिइन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज आज टोखा नगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो ।

गत वैशाख १३ गते उनलाई उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय हुने ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले छ । गुरुङले कुमारी बैंक लिमिटेडको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ