arrow

एसईईको नतिजा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
see1.jpg

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डको बैठक दिउँसो १ बजे बस्दै छ । 

राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका छन् । 

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।



नयाँ