arrow

देशभर बदली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
climate.jpg

काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान को आसपासमा रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ