arrow

यसपालिको एसईईः यस्तो छ जीपीए लेखाजोखा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
see-result-2078-.jpg

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन् । 

सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत रहेको बताए । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत छन् । 

त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए । 

सदस्य सचिव अर्यालले यस वर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जीपीए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए । 

परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४ दशमलव ५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिए । 
    
त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७ दशमलव ४ प्रतिशत, मधेस प्रदेशमा १५ दशमलव ५ प्रतिशत, बागमती प्रदेशमा २१ दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशमा ९ दशमलव ३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७ दशमलव ४५ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ । 

नतिजा यसरी हेर्न सकिन्छ –
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सहजै हेर्ने व्यबस्था गरेको जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए ।

परीक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको उनले बताए । 

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको वेबसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np वेबसभाइट लगायतबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ