arrow

भारतले रच्यो इतिहास, ३९ वर्षमा पहिलो पटक वेष्ट इन्डिजविरुद्ध क्लिन स्विप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
shikhar-dhawan-shubman-gill-2022.jpg

काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्ध इतिहास रचेको छ । वेष्ट इन्डिजलाई उसकै मैदानमा तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्दै भारतले इतिहास रचेको हो । 

भारतले ३९ वर्षमा पहिलो पटक वेष्ट इन्डिजलाई उसकै मैदानमा क्लिन स्विप गरेर इतिहास रचेको हो । 

बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले श्रृंखला ३–० ले जितेको हो । वर्षाका कारण खेल ३५ ओभरमा घटाइएको थियो ।

क्विन्स पार्क ओभलमा २ सय ५७ रनको लक्ष्य पाएको घरेलु टोली २६ ओभरमै १ सय ३७ रनमा अलआउट भयो । कप्तान निकोलस पुरन र ब्राण्डन किंग्सले समान ४२–४२ रन बनाए ।

घरेलु टोलीलाई सस्तैमा समेट्न युजभेन्द्र चाहलले ४ विकेट लिए । मोहम्मद सिराज तथा शार्दुल ठाकुरले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा झारिएको खेलमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

शुबमन गिलले ९८ बलमा अविजित रहँदै ९८ तथा शिखर धवनले ५८ रन बनाए । श्रेयस ऐयरले ४४ रन बनाए ।

गिल म्यान अफ द म्याचसँगै प्लेयर अफ द सिरिजसमेत भए । उनले तीन खेलमा २०५ रन बनाए । 

अब दुई टोलीबीच पाँच खेलको टी–२० श्रृंखला हुनेछ । यो श्रृंखलाको पहिलो खेल शुक्रबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ