arrow

प्रधानमन्त्री देउवा र अमेरिकी मन्त्री लूबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
deuba-donald-lu-usa-team.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लूबीच भेटवार्ता भएको हो ।

सो क्रममा नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लूले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।

बिहीबार नेपाल आएका लू शनिबार बिहान स्वदेश फर्किने छन् । यसअघि उनी गत मंसिरमा पनि नेपाल आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ