arrow

प्रथम मेयर सम्मेलन सकियो, आगामी सम्मेलन भरतपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
renu-dhanraj.jpg

पोखरा । पोखरामा शुक्रबारदेखि शुरु भएको प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ आज सकिएको छ । आगामी मेयर सम्मेलन भरतपुरमा गर्ने गरी सम्मेलन सकिएको हो । 

पोखराका मेयर धनराज आचार्यले भरतपुरका मेयर रेणु दाहाललाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गर्दै दोश्रो मेयर सम्मेलन भरतपुरमा गर्न स्वीकृति प्रदान गरेका हुन् ।

मेयर सम्मेलन भरतपुर भ्रमण वर्ष २०८० मा हुने बताइएको छ । सम्मेलनले विभिन्न निर्णय गरे पनि निर्णयहरु भने सार्वजनिक गरिएको छैन । 

सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए । 

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदान-प्रदान गरिएको थियो । यसैगरी उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदानका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून तथा तिनका कार्यान्वयनका चुनौतीबारे आआफ्नो अनुभव आदान-प्रदान गरेका थिए । 

सम्मेलनले महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सघाउने विश्वास लिइएको छ । 

सम्मेलन अन्तर्गत शुक्रबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा आफ्नो प्रस्तुति राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ