arrow

‘हेर्नुहोस् त एमसीसी पास गरेर अमेरिकी सेना भित्र्याउँदैछन्, यो सिधै चाइनामाथि धावा बोल्न हो’ – अष्टलक्ष्मी शाक्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
astalaxmi-shakya-2079-04-14.jpg

लमजुङ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र  मुलुकले निकास पाउने बताएकी छिन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् ।

उनले अब कम्युनिस्ट पार्टीको नाममा ससाना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन् । ‘यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महँगी घट्दैन, न त संवृद्धि नै आउँछ’, शाक्यले भनिन्, ‘हेर्नुहोस् त एमसीसी पास गरेर अमेरिकी सेना भित्र्याउँदैछन् । यो सिधै चाइनामाथि धावा बोल्न हो ।’

मुलुकमा संघीयता सही ढङ्गले सञ्चालन गर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर अहिले व्यवस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भैरहेको छ, यो कार्य गलत छ । 

यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धन विरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए । 

उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए ।

नेता गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ