arrow

बाबुराम त माओवादी नै होइनन्, उनको त हिसाबै भएन : प्रचण्ड

पाँच दलीय गठबन्धन कायम रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
prachanda22.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू असली माओवादी भएको दाबी गरेका छन् । शनिवार पार्टीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले दश वर्षपछि नेपालमा एउटा मात्रै माओवादी रहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको बताए । 

अध्यक्ष प्रचण्डले नेपालमा विप्लव, किरण लगायतका माओवादीको कुनै अर्थ नभएको जिकिर गरे । बाबुराम भट्टराईलाई माओवादी नभएको बताउँदै माओवादीमा उनको हिसाबकिताब नरहेको बताए । 

उनले भने,' यो चुनावबाट अब माओवादी भनेको माओवादी केन्द्र मात्रै हो । अरू माओवादीको अर्थ छैन भन्ने यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइन , उनको त हिसाबै भएन ।' । 

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन प्रतिगमन परास्त नहुँदासम्म कायम रहनेमा जोड दिए । उनले देशमा प्रतिगमनको खतरा देखा परेको बताउँदै प्रतिगमनसँग लड्न गठबन्धनको आवश्यकता रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ