arrow

फेरि अर्थमन्त्री बने जनार्दन शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
janardan-sharma-parliament.jpg

काठमाडौं । माओवादी केन्द्रका नेता एवं सांसद जनार्दन शर्मा फेरि अर्थमन्त्री भएका छन् । करका दरमा हेरफेर गर्न विचौलिया प्रयोग गरेको भन्ने आरोप खेपेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । 

उनले आफू निर्दोष रहेको भन्दै छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिलाई सघाउने बताउँदै आएका थिए । त्यपसछि उक्त समितिले उनलाई शुक्रबार क्लिन चिट दिएपछि दुई दिनमै पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आइतबार अर्थमन्त्री पदमा नियुक्त गरेकी हुन् । उनले शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको समाचार सार्वजनिक भएपछि विवाद उत्पन्न हुँदा तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ