arrow

घुमाउने नजिकै पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
mugling-narayangadh-pahiro-2079.jpg
फाइल तस्बिर

भरतपुर । भरतपुर महानगरपालिकाको घुमाउने नजिकै लेदोसहितको पहिरो खसेको छ ।  पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । 

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। गए रातिदेखि लगातार पानी परिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ