arrow

खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
narayanghad-mugling-pahiro.jpg

भरतपुर । घुमाउने नजिकै लेदोसहितको पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलेको छ । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएको हो । 

सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरोले सडक अवरुद्ध गरेको थियो । 

दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । 

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ