arrow

विद्यालयमै ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’ कोर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Pokhara United Academy.jpg

पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपटक ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’ को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग शीप र आत्मनिर्भरता लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको हो ।

एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’ लाई ऐच्छिक विषयको रुपमा समावेश गरेको जानकारी दिए । 

उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ्ग र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको उनले बताए । उनका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पूरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकहरुबाट अध्यापन गराइने उनको भनाइ छ ।

कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताइन् । 

उनले २०७१ सालदेखि ऐच्छिक विषयकोरुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताइन् । देशको अर्थतन्त्र बलियो बनाउन व्यवसायिक शीपमूलक शिक्षामा जोड दिनुपर्ने औल्याउँदै उनले पोखराबाट शुरु भएको यस अध्ययनले अब देशभरि माग बढ्दै जाने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मीना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् ।

फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राखे ।

विद्यालयका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसूस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै नयाँ शैक्षिक सत्रबाट नयाँ शिपमूलक विषयलाई थप गरेको जानकारी दिए । 

उनले शिक्षासँग शीप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गरी राम्रो आम्दानी गर्न सकिने भएकोले यी विषयहरुको महत्व पछिल्लो समय बढीरहेको उनको भनाइ छ ।

एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । उनले यसविषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयका शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले नेपाल सरकारबाट एसइई उत्तीर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्न सक्ने र सो अध्ययनका लागि ४० देखि ५० हजारसम्म शुल्क लाग्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ