arrow

लागुऔषधसहित राजिन गुरुङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आज लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं. ८ कटहरबोटका २० वर्षका राजिन गुरुङ रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार आज बिहान ७ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुरुङलाई घर नजिकैबाट पक्राउ गरेको हो । 

उनको साथबाट फेनारागन-२० एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१७ एम्पुल र सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ । उनको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ