arrow

भोर्लेमा माइक्रो दुर्घटना, १८ जना घाइतेमध्ये एक गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
accident-final-1618290232.jpg


भरतपुर । चितवनको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ बजे नारायणगढ–मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । 

उक्त माइक्रोमा अधिकांश मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ