arrow

महंगी र भ्रष्टाचारविरुद्ध सडकमा एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
mahangi-biruddha-uml.jpg

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।  

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । 

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । 

मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ