arrow

ठाउँ ठाउँमा लेदोसहितको पहिरो खसेपछि ९ घण्टादेखि सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
mugling-narayangadh-pahiro-2079.jpg

काठमाडौं । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षापछि नारायणगढ-मुग्लिन सडक खण्ड चितवनको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेको छ । 

रुखसहित ठूलो पहिरो खसेपछि गए राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । 

चितवनको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। तर लगातारको वर्षाको कारण समय लाग्ने उनले बताए । 

सडक अवरुद्ध भएसँगै सवारीसाधनको लाइन लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ