arrow

श्रीलङ्कापछि अब पाकिस्तानको अर्थव्यवस्था सङ्कटमा

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन १७ मंगलबार
pakistan-map-geo.jpg

काठमाडौँ। श्रीलङ्कापछि अब पाकिस्तानको अर्थव्यवस्था पनि सङ्कटमा देखिन थालेको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डार घटेर १० अरब डलर पुगेको छ। पाकिस्तानी रुपियाँको तीव्र अवमूल्यन भएकोले एक डलरको दर २४० पाकिस्तानी रुपियाँ पुगेको छ।

पाकिस्तानी विदेशी ऋण र विशेष गरी चीनको जालमा यस प्रकार फसेको छ कि उसलाई विश्वभरि हात फैलाउनु परेको छ। पाकिस्तानको पूरा वित्तीय व्यवस्था धरमराई रहेको छ। पछिल्ला दिनमा पाकिस्तानका मन्त्री एहसान इकबालले एक संसदीय समिति सामु देशको विदेश मुद्रा भण्डार तीव्र गतिमा घटिरहेको स्वीकार गरे।

गत एक वर्षमा पाकिस्तानले लगभग १० अरब डलरभन्दा अधिकको विदेशी मुद्रा भण्डार गुमाएको छ। यसैले गर्दा २०२२ मा पाकिस्तानको विदेशी मुद्रा भण्डार केवल ९ अरब डलर नै बचेको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डार नै कम भएको छैन त पाकिस्तानमाथि ऋण पनि लगातार बढ्दै गई रहेछ।

स्टेट ब्याङ्क अफ पाकिस्तान (एसबीपी) का कार्यकारी गभर्नर मुर्तजा सैयदले एक कार्यक्रममा भने, 'पाकिस्तानमाथि यस समय जिडिपीको ७० प्रतिशत ऋण बाकी छ। पाकिस्तान सरकारले आफ्नो राजस्वको ४० प्रतिशत हिस्सा ब्याज तिर्नमा खर्च गर्दछ।'

पाकिस्तानी इकोनोमिक एडवाइजरी फोरम अनुसार, पाकिस्तानमाथि २०२१ मा जुन ऋण ८५.५७ अरब डलरको थियो, त्यो अब एक वर्षभित्र बढेर १२८.७९ अरब डलर पुगेको छ। यस समय पाकिस्तानलाई एक डलर किन्नका लागि २४० रुपियाँ खर्च गर्न परिरहेको छ जबकि गत साल पाकिस्तानलाई एक डलर किन्नका लागि १४९ रुपियाँ नै खर्च गर्नुपर्थ्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ