arrow

विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेपछि एमाले र माओवादीको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
Biplav-prakanda-biplap.jpg

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रका संसादहरुले असन्तुष्टि व्यक्त गरेको छन् । मङ्गलवारको प्रतिनिधिसभामा उनीहरूले असन्तुष्टि जनाएका हुन ।  

हिंसाको बाटोमा हिँडेको नेकपालाई तत्कालीन एमाले सरकारले शान्तिको बाटोमा ल्याएको तर अहिले फेरी हिंसातर्फ धकेल्न खोजिएको उनीहरूको टिप्पणी छ ।  

अदालतले सोमबार नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । 

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हतियारसहित सशस्त्र युद्धमा होमिएको पार्टी शान्तिपूर्ण बाटो आइसकेपछि कुनै पनि बहानामा निरुत्साहित गर्न नहुने बताए । ओली सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन गर्दै लैजानुपर्ने एमालेको तर्क छ ।

यसै गरी  माओवादीका सांसद संसद अमनलाल मोदीले तत्कालीन एमाले सरकारले विप्लव समूहसँग ३ बुँदे सहमति गरेको बताउँदै त्यसको कार्यान्वयन गर्नुपर्ने बताए ।  उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो समूहका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ