arrow

चिनियाँ राजदूतले भनिन्- एक चीन नीतिमा नेपालको समर्थन कायमै रहने विश्वास छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
hou-yanqi-chinese-ambassdor.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चीन र अमेरिकाबीचको तनाव चर्किएको छ । एक चीन नीतिलाई माने पनि ताइवानको रक्षा गर्ने कानूनी बाध्यतामा रहेको अमेरिकाकी सभामुख पेलोसी चिनियाँ विरोधकै बीच मंगलबार राति ताइवान पुगेकी थिइन् ।

चीनले पेलोसीको यो भ्रमणको आलोचना गरेको छ । यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले तनावपूर्ण स्थितीमिा एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता कायमै रहने विश्वास व्यक्त गरेकी छिन् ।

बुधबार राजदूत यान्छीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन् ।'

रुस, इरान र उत्तर कोरियाद्वारा पेलोसीको ताइवान भ्रमणको निन्दा

अमेरिकाले मुख्य चीनको मान्यता चीनलाई नै दिएको भए पनि ताइवानको समेत रक्षा गर्ने भन्दै क्षेत्रिय शान्ति तथा स्थायित्वमा बाधा पुर्याउने गरेको चिनियाँ आरोप छ । 

'सभामुख पेलोसीको भ्रमणले ताइवान क्षेत्रको शान्ति र स्थिरतामा नकारात्मक असर पारेको छ। चीनले यसको कडा विरोध गर्छ र यसबारे अमेरिकासँग भर्त्सना पनि गरिसकेको छ', विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अघि भनिएको छ, 'एक चीन सिद्धान्त (नीति) प्रति लामो समयदेखिको प्रतिबद्धता र ताइवानको स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा चीनले नेपालको उच्च कदर गर्दछ, यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो, विज्ञप्तिमा भनिएको छ ।

राजदुत यान्छीद्वारा जारी विज्ञप्तिमा अघि भनिएको छ,'हामी विश्वास गर्छौं कि नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ