arrow

स्रोत नखुलेको साढे ४९ लाखसहित एक जना राजधानीबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
Arrest-Crime.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा।९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ