arrow

नेपालगञ्जमा गाई काटिरहेका दुई जना १६० किलो मासुसहित पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ साउन १९ बिहिबार
cow-cut-crime.jpg

नेपालगञ्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट गाई काटिरहेको अवस्थामा दुई जनालाई रङ्गेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेमा गाई काटेर भागबण्डा गर्दै गरेको भन्ने विशेष सूचना आएपछि गएको प्रहरी टोलीले १६० किलो गाईको मासुसहित नेपालगन्ज १७ थुकैला गाउँबाट सोही स्थानका ५३ वर्षीय ओलीउद्दिन जोलाह र ४६ वर्षीय सलाउद्दिन जोलाहलाई रङ्गेहात पक्राउ गरेको बाँके प्रहरी प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

साउन १७ गते पक्राउ परेका दुवै जनालाई गौवध मुद्दा चलाई थप अनुसन्धान भइरहेको अधिकारीले बताए । बरामद गरिएको गाईको मासुलाई नष्ट गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ