arrow

ताइवानमा तनाव: चीनले कयौं ब्यालेस्टिक मिसाइल हान्यो, अन्तर्राष्ट्रिय उडान बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
china-military-drill-taiwan.jpg

काठमाडौं । चीनले बिहीबार करिब मध्यान्ह १२ बजेदेखि प्रत्यक्ष फायर सैन्य अभ्यास शुरु गरेको छ । आइतबारसम्म चल्ने यो अभ्यास ताइवानको वरिपरि छ वटा स्थानमा जल सेना र वायुसेनाले गर्दैछ ।

चिनियाँ विरोधबीच ताइवान भ्रमणमा आएकी अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको विरोधमा चीनले सैन्य अभ्यास थालेको हो । चीनले सैन्य अभ्यास शुरु गरेसँगै ताइवानमा दर्जनाै‌ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

के चीन ताइवानमाथि आक्रमण गर्ने तयारीमा छ ?

अहिलेसम्म २६ वटा ताइवान आउने र २५ वटा ताइवानबाट जाने उडान रद्द भइसकेको छन् । यस्तै चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको पानीमा कयौं डोंगफेंग ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ।

ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपणको प्रतिक्रियामा सम्बन्धित रक्षा प्रणाली सक्रिय गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

चीनले ताइवानविरुद्ध थाल्यो सबैभन्दा ठूलो सैन्य अभ्यास

ताइपेईमा मानिसको जीवन सामान्य रूपमा चलिरहेको भए पनि मानिसहरु चिन्तित भने रहेको बताइएको छ । उता अमेरिकी नौसेनाले फिलिपिन्स सागरमा सामान्य निर्धारित अपरेशन भन्दै ताइवानतर्फ विमान वाहक पानी जहाज पठाएको छ ।

न्यान्सी पेलोसीले छोडिन् ताइवान

निकै शक्तिशाली बन्दै गएको चिनियाँ सेनालाई राष्ट्रपति सी चिनफिङले सशस्त्र सेनालाई सन् २०३५ सम्ममा आधुनिकीकरण गरिसक्न र सन् २०४९ सम्ममा युद्ध लड्न र जित्न सक्षम विश्व स्तरीय सैन्य शक्ति बन्न भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ