arrow

न्यान्सी पेलोसीले छोडिन् ताइवान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
nanacy.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फिर्ता हुन विमान चढेकी छन् । एसिया भ्रमणमा रहेकी पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन् । एसिया भ्रमणका क्रममा पेलोसीले सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि ताइवानको भ्रमण उल्लेख गरिएको थिएन ।

पेलोसीले भनिन्- ताइवानसँग अमेरिकी ऐक्यबद्धता महत्त्वपूर्ण, चीनले थाल्यो सैन्य अभ्यास

चिनियाँ विरोधकाबीच पेलोसीको ताइवान भ्रमणलाई बिशेष रुपमा हेरिएको थियो । यो २५ वर्षयता पहिलो पटक अमेरिकी सभामुखको ताइवान भ्रमण हो ।

रुस, इरान र उत्तर कोरियाद्वारा पेलोसीको ताइवान भ्रमणको निन्दा

चीनले यसको विरोधमा सैन्य अभ्यास, ताइवानमाथि केही प्रतिबन्ध र आलोचनासहितको प्रतिक्रिया दिएको छ । आफ्नो विवादस्पद भ्रमण सक्काएर उनी बुधबार ताइवानबाट फिर्ता हुन ताइपेई नजिकैको सोङ्गशान विमानस्थलमा युनाइटेड स्टेट अफ अमेरिका लेखेको विमान चढेकी हुन् । 

उनले एसियाको भ्रमणलाई निरन्तरता दिँन अब, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने जनाइएकाे छ।

चिनियाँ राजदूतले भनिन्- एक चीन नीतिमा नेपालको समर्थन कायमै रहने विश्वास छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ