arrow

वैद्य र बास्तोलाको पार्टीबीच एकता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Mohan-baidya.jpg.jpeg

काठमाडौं । मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला ‘कन्चन’ को पार्टीबीच एकता हुने भएको छ । 

मोहन वैद्यको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतले पार्टीबीच एकता हुने भएको हो ।

शुक्रवार बिहान बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको जानकारी दिए । 

एकता प्रक्रियालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन गरिएको छ । 

समितिमा किरणको पार्टीबाट किरण, सिपी गजुरेल,इन्द्र मोहन सिग्देल, रामसिंह श्रीस र हरिभक्त कँडेल रहेका छन् । 

त्यस्तै कन्चनको पार्टीबाट धर्मेन्द्र बास्तोला,  दीपक चलाउने, हेमन्तप्रकाश वली, कृष्ण धमला, देवकला अधिकारी र गुणराज लोहनी सदस्य रहेका छन् ।

उनीहरूले पार्टी एकता प्रक्रियामा सामेल हुन पार्टी सङ्गठन र  नेता-कार्यकर्तालाई आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ