arrow

सत्र जुवाडे राजधानीबाट रङ्गेहात पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Arrest-Crime.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–५ घर भइ हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेमकुमार गुरुङ समेत १२ जना छन् । उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बुढानीलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुनप्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारीसमेत ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ