arrow

चीन जाँदै परराष्ट्रमन्त्री खड्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Narayan-khadka-FB.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो ।

दुवै मन्त्रीहरूले १० अगस्तमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन् । 

मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ