arrow

काठमाडौंमा टिपरमा मोटरसाइकल ठोक्कियो, भूमिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
accident-final_1618120153.jpg

काठमाडौं । काठमाडौंमा गएराति सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमीका आलेमगर रहेका छन् । 

दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा वैत्येश्वर घर भएका प्रेम श्रेष्ठ घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोटेश्वरमा रोकिराखेको बा३ख ८०१६ नम्बरको टिपरमा बा८९प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ