arrow

हल्कादेखि मध्यम वर्षा, उपत्यकावासीलाई घाम देख्नै हरायो, भिटामिन डीको कमी बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
weather-cloud.jpg

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा घाम देख्नै हरायो 
काठमाडौं उपत्यकामा बिहानैदेखि फाटफुट वर्षा भइरहेको छ । कतै सिमसिम वर्षा पनि भइरहेको छ । 

उपत्यकामा आज घाम लाग्ने सम्भावना अन्त्यन्तै न्यून छ । हिजो भने केही घण्टा घाम लागेको थियो । यो हप्ता शुक्रबारमात्र बढी समय घाम लागे पनि त्यसअघिका दिनहरुमा पनि घाम लाग्न सकेको थिएन । 

एक ८१ वर्षे वृद्धाका अनुसार अहिले सबैभन्दा लामो समयदेखि घाम कम देख्न थालिएको छ । उनले भनिन्, ‘यस्तो पहिले कहिल्यै हुन्नत्यो, बैशाखदेखि अहिलेसम्म चार महिनामा कनिकुथी २० दिन घाम लागे होला । 

चिकित्सकहरुका अनुसार पछिल्लो समय भिटामिन डीको कमीले धेरैलाई सताइरहेको छ । यसको कमीले शरीर दुख्ने हुन्छ । बिहानीपखको घाममा नबसेका कारण बालबालिकादेखि वृद्धवृद्धासम्मले भिटामिन डीको कमी खेप्नु परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ