arrow

सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
dhanraj acharya.jpg

पोखरा । सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा शुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साँझेदारीका विषयमा गहन छलफल हुने गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । 

सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मञ्चद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । कार्यक्रममा आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे । 

गोष्ठीमा छलफल हुने हरेक विषयहरूमाथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्व राख्ने उनले बताए । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्नसमेत यस प्रकारका फोरमहरू फलदायी हुने उनले विश्वास व्यक्त गरे । 

पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोडसमेत दिए ।

गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । 

मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि.सं. २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ