arrow

बैंकिङ कसूर मुद्धामा एक युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
pakrau9.jpg

पोखरा । कास्की प्रहरीले बैंकिङ कसूर मुद्धामा बागलुङ घर भइ पोखरा बस्दै आएकी एक युवतीलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला घर भइ पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन् ।

उनलाई अन्नपूर्ण गाउँपालिका वडा नं. ८, बिरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार दीक्षाले पोखरा फाइनान्स लिमिटेडमा रहेको खातामा पर्याप्त रकम मौज्दात नभएको अवस्थामा पनि कुलबहादुर विकलाई यहि वैशाख २६ गते सटही गर्ने गरि तीन लाख रुपैयाँको चेक दिएकी दिइन् । चेक बाउन्स भएपछि विकको उजुरीको आधारमा दीक्षा विरुद्ध बैंकिङ कसूर मुद्धामा दर्ता गरि प्रहरीले खोजतलास शुरु गरेको थियो ।

उनलाई उच्च अदालत पोखराबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिएको डिएसपी तिवारीले बताए । 

कास्की प्रहरीले दीक्षा विरुद्ध यूके पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो पनि आइरहेको भन्दै पीडितहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

दीक्षाले विभिन्न व्यक्तिलाई यूके पठाइदिन्छु भनि रकम लिई ठगी गरेकोे भन्ने सामाजिक सञ्जालमा सूचना सम्प्रेषण भइरहेकोले सोतर्फसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ