arrow
ADVERTISEMENT

ट्रम्पको घरमा एफबीआईले मार्‍यो छापा

आगामी अमेरिकी राष्ट्रपति निर्वाचन लड्नबाट रोक्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
trump-house.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईले छापा मारेको छ। ट्रम्पको विलासी पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा सोमबार राति एफबीआईले छापा मारेको हो । 

एफबीआईका एजेन्टहरूले घरमा घेरा हालेको डोनाल्ड ट्रम्प आफैँले पुष्टि गरेका छन्। 

अमेरिकाको इतिहासमै अमेरिकी पूर्व राष्ट्रपतिको घरमा छापा मारेको यो पहिलो पटक हो । ट्रम्पले आफूलाई आगामी अमेरिकी राष्ट्रपति निर्वाचन लड्नबाट रोक्न खोजेको बताएका छन् । 

'यसअघि अमेरिकी राष्ट्रपतिलाई यस्तो भएको थिएन। यो लेफ्ट डेमोक्रेट्समाथिको आक्रमण हो। उनीहरूले म २०२४ को चुनाव लडोस् भनेर चाहँदैनन्।'ट्रम्पले भनेका छन् ।

एफबीआई एजेन्टहरूले मार-ए-लिगोमा छापा मार्दा ट्रम्प त्यहाँ थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ । 

केही दिनअघि ट्रम्पविरुद्धको जनवरी ६ मा भएको हिंसाको छानबिन गर्ने संसदीय समितिले एफबीआईलाई उनी विरुद्धको अनुसन्धानलाई तीव्रता दिनुपर्ने बताएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ