arrow

अनिल आलेको हत्याका आरोपीहरु कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
gorkha karagar.jpg

गोरखा । गोरखा नगरपालिका वडा नं.८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।

कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा नगरपालिका ८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका वडा नं. ८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर छन् । 

यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका वडा नं. ८ का ४२ वर्षीय नरेश बुढामगरलाई पनि कारागार चलान गरिएको उनले बताए ।

गत असार ३० गते बिहान गोरखा वडा नं. ८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आशंका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ