arrow

कास्की प्रहरीद्वारा लागुऔषधसहित चारजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वड नं. ९ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १३ बस्ने ४४ वर्षका सन्तोष भनिने ईन्द्रमान गुरुङ, पोखरा-१३ बाँझापाटनका ४० वर्षका विकास गुरुङ, पोखरा-२० भलामका ३१ वर्षका सविन विक र पोखरा-३० घर भइ बगालेटोल बस्ने ५३ वर्षका कुमार गुरुङ रहेका छन् ।

कास्की प्रहरीका अनुसार इनर््द्रमान र विकास साउन २१ गते र सविन र कुमार साउन २३ गते पक्राउ परेका हुन् । कास्की प्रहरी मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले ईन्द्रमानको साथबाट डाईजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १५९ एम्पुल, विकासको साथबाट डाईजापाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल, सविनको साथबाट डाईजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुल र डाइजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी जम्मा ८६ एम्पुल बरामद गरेको छ । 

पक्राउ परेका ईन्द्रमान र विकासलाई सात दिन र सविन र कुमारलाई ६ दिन कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ