arrow

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
climate.jpg

काठमाडौं ।  तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवारको  मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज राती बागमती,  गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम  प्रदेशहरूमा सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

बागमती र  गण्डकी प्रदेशका  केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ