arrow

परराष्ट्रमन्त्री चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
narayan-khadkas.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज बिहान छिमेकी मुलुक चीनको छिङ्ताओ सहर पुगेका छन् । तीन दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. खड्का मङ्गलवार राति चीन प्रस्थान गरेका थिए ।े

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन पुगेका हुन् । खड्काले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ। 

मन्त्री खड्काको साथमा ११ सदस्यीय प्रतिनिधि टोली छ । खड्काको टोलीमा परराष्ट्र सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव , उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतका अधिकारी सहभागी छन् । 

 खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने छ। खड्का २६ गते स्वदेश फर्किनेछन् ।

परराष्ट्रमन्त्री खड्काको भ्रमण शेरबहादुर देउवाको सरकार बनेपछि कै पहिलो चीन भ्रमण हो । भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सीको भ्रमणका दौरान दुई देशबीच २० बुँदे सम्झौता भएको थियो तर त्यस लगत्तै कोभिड संक्रमण र नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि दुवै मुलुकले सम्झौता कार्यान्वयनमा जोड दिन सकेका छैनन् ।

यसअघि गत असार २६ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ चार दिने नेपाल भ्रमणमा आएका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ