arrow

बच्चुरामको दुबई भ्रमणमा निधन, देउवा दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । दुबई भ्रमणमा गएका डा. बच्चुराम कार्कीको निधन भएको छ ।  नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका कार्कीको श्रावण १९ गते दुबई भ्रमणका क्रममा  निधन भएको हो । 

उनको पार्थिव शरीरलाई आजै काठमाडौं ल्याइने र बिहान ११:३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

डा. कार्कीको निधनप्रति  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

डा. कार्की नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्व महासचिव ई. कमल कार्कीका पिता हुन् ।

देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ