arrow
ADVERTISEMENT

ट्रम्पको घरमा एफबीआईले छापा मारेपछि रिपब्लिकन र डेमोक्रेटबीच टकराब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
Joe_Biden-Donald_Trump.jpg

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा स्थित निवासमा एफबीआईले छापा मारेपछि उनको पार्टी रिपब्लिकन पार्टीले यसको आलोचना गर्दै यसमा संलग्न कानून प्रवर्तन एजेन्सीहरूमाथि अनुसन्धान गर्ने चेतावनी दिएको छ ।

अति दक्षिणपन्थी फायरब्रान्ड र प्रमुख रिपब्लिकन सांसदहरूले समेत प्रमाण बिना सोमबार राति ट्रम्पको निवासमा छापा मारिन राजनीतिक रूपमा प्रेरित घटना भएको भन्दे क्रोध व्यक्त गरेका छन् ।

'न्याय विभाग हतियारको राजनीतिकरणको असहनीय अवस्थामा पुगेको छ, मैले स्पष्टरुपमा देखिरहेको छु,' रिपब्लिकन पार्टीका संसदीय लिडर केभिन म्याकार्थीले एक वक्तव्य जारी गर्दै भनेका छन्।

म्याककार्थीले अघि भनेका छन्,'जब रिपब्लिकनले प्रतिनिधि सभाको नेतृत्व गर्ने छन्, विभागमाथि तत्काल निरीक्षण सुरु हुनेछ ।' यस्तै उनले महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई 'आफ्ना कागजात प्याक गरि मिति कुरेर बस्न' समेत चेतावनी दिएका छन् ।

केभिन म्याकार्थीको टिप्पणीको आलोचना गर्दै डेमोक्रेट पार्टीकी सभामुख न्यान्सी पेलोसीले नोभेम्बरमा हुने आगामी मध्यावधि चुनाव पछि रिपब्लिकनहरूले प्रतिनिधि सभाको नियन्त्रण लिने उनको भनाइको खण्डन गरेकी छन् ।

'कोही पनि व्यक्ति कानून भन्दा माथि छैन, संयुक्त राज्यका राष्ट्रपति पनि कानुन भन्दा माथि छैनन् र संयुक्त राज्यका पूर्व राष्ट्रपति कानुन भन्दामाथि होइन,' पेलोसीले एनबीसीमासँगको सोमा बोल्दै भनेकी छन् ।

ह्वाइट हाउसकी प्रवक्ता करिन जीन पियरेले मङ्गलवार राष्ट्रपति जो बाइडेनलाई छापा मारिनु अघि कुनै जानकारी नभएको भन्नेमा जोड दिएकी छन् ।

'राष्ट्रपतिलाई यस विषयमा ब्रीफ गरिएको थिएन, यो थाहा थिएन। ह्वाइट हाउसमा कसैलाई पनि हेड अप दिइएन,' जीन पियरेले पत्रकारहरूसँग बोल्दै भनेकी छन्, 'बाइडेनले न्याय विभागको अनुसन्धान राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ भन्ने विश्वास राख्छन्।'

ट्रम्पले 'ठूलो सङ्ख्यामा' एफबीआई एजेन्टहरूले मार-ए-लागोमा रहेको उनको निवासमा 'अघोषित छापा मारेर' प्रवेश गरेको र उनीहरूले उक्त स्थानलाई 'नाकाबन्दीमा' राख्दै  'उनको तिजोरीमा तोडफोड' गरेको घोषणा गरेका थिए ।

ट्रम्पले यो कदमलाई आफूलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा फेरि उठ्नबाट रोक्नका लागि डेमोक्रेटहरुको चालेको कदम भन्दै राजनीतिक रुपमा सताएको बताएका छन् ।

न्यायाधीशद्वारा अनुमोदित वारेन्टमार्फत छापा मारिएको हुँदा मुद्दाको उच्च प्रोफाइल प्रकृति र पूर्व राष्ट्रपतिको संलग्नताका कारण न्याय विभागको वरिष्ठ तहबाट यसका लागि अनुमति दिइएको हुनुपर्ने कानुनी विज्ञहरूले बताएका छन् ।

एफबीआईले छापा मार्दा के खोजिरहेको थियो भन्ने कुरा खुलासा गरेको छैन । तर, धेरै अमेरिकी मिडिया आउट लेटहरूले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै क्लासिफाइड सामग्रीको सम्भावित मिसह्यान्डलिंगमा लक्षित भएको हुनसक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ