arrow

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
accident-final_1618120153.jpg

कैलाली । कैलालीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार डोटीको जोराइल गाउँपालिका वडा नं. १ का २७ वर्षीय चित्र मडै रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मडैको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो । 

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ