arrow

बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
climate.jpg

काठमाडौं । आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा देशभर आंशिक देखि सामान्य बदली रहने उल्लेख छ। 

हाल देशका  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज राती  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ