arrow

एमालेको सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
uml-sachibalaya.PNG

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । 

आज बस्ने सचिवालयको बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको रणनीति तयारी गर्नेछ ।  

आज १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । 

पाँच दलीय गठबन्धन विरुद्ध एमाले अन्य पार्टीसँग तालमेल गरेर जाने वा एक्लै जाने हो त्यस बारे पनि छलफल हुने एक नेताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ