बेपत्ता कांग्रेस दोलखा प्रदेश ख का सभापति भैरहवामा भेटिए, प्रहरीले काठमाडौं ल्याउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
1k
Shares
काठमाडौं । गत साउन २२ गतेदेखि सम्पर्कविहीन नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल सम्पर्कमा आएका छन् । उनलाई नेपाल प्रहरीले भैरहवामा भेटेको हो । उनलाई अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रहरीले उनका आफन्तलाई सम्पर्क गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आउन खवर गरिसकेको छ । अहिले परिवार दाहाललाई लिन विमानस्थलमा जाँदैछ ।
भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि गाडी चढेका सभापति दाहाल त्यसपछि कहाँ पुगे भन्ने पत्ता लागेको थिएन ।