arrow

कांग्रेसका पूर्व वडाध्यष मृत अवस्थामा भेटिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
congress-flag1.jpg

स्याङजा । वालिङ नगरपालिका ९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ १३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए । 

सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग १६ प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । 

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ