arrow

रेसुङ्गा नगरपालिकाद्वारा आँखाको प्रेसर मापन यन्त्र हस्तान्तरण

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७९ साउन २७ शुक्रबार
resunga-planning-meeting-122.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासलाई आँखाको प्रेसर मापन यन्त्र हस्तान्तरण गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको वार्षिक कार्ययोजना बैठकको अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उक्त यन्त्र हस्तान्तारण गरेका हुन् ।  

यन्त्र हस्तान्तारण गर्दै नगरप्रमुख पन्थीले नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा नै समावेश गरि जिल्लामा आँखा उपचारलाई शुलभ बनाउने उदेश्य रहेको बताए । । नगरका नागरिकहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण पक्ष भएको भन्दै नगरप्रमुख पन्थीले भने,“आफ्नो कार्यकालमा यो कार्यक्रमलाई निरन्तरता दिंदै शुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछु ।” नागरिकहरुलाई गुणस्तरीय र शुलभ तरिकाले उपचार सेवा प्रदान गर्न पनि नेपाल नेत्र ज्योति संघलाई उनले आग्रह गरे । 

यो यन्त्र खरिदका लागि नगरपालिकाले आ व ०७७–०७८ मा रु १२ लाख विनियोजित गरेका  थियो । जसअन्तर्गत रु। ११ लाख १७ हजार ५७० बराबरको आँखाको प्रेसर मापन यन्त्र इ–टेण्डर मार्फत खरिद गरि हस्तान्तरण गरिएको योजना शाखा प्रमुख बिनोद मरासिनीले जानकारी दिए । 

त्यस्तै, रेसुङ्गा नगरपालिका भित्रका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्नका लागि नगरपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र बीच सम्झौता गरिएको छ । 

अब नगरभित्रका आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क उपचार गरिने नगरप्रमुख पन्थीले बताए । “नगरपालिकाले आफ्नो जिम्मेवारी पुरा गर्ने उदेश्यमा एउटा इटा थप्ने काम गरेका छौं”, उनले भने, “निःशुल्क आँखा उपचार सेवाले नेत्र ज्योतिको क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेका छौं ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ