arrow

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
accident-final.jpg

स्याङ्जा । स्याङ्जामा सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ८ मिटुवा खोलाका ४५ वर्षका लोकबहादुर कुँवर रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा कुँवर गम्भीर घाइते भएका थिए । 

उनलाई प्रहरीले उद्धार गरि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । 

दुर्घटनामा संलग्न चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ