arrow

फोहरमा राजनीति : एमालेसँग मिल्न वालेन्द्रलाई आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
balen-sah-kathmandu.jpg

काठमाडौं । नेकपा एमालेसँग मिलेर काम गर्न काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहलाई एमालेका सांसदले आग्रह गरेका छन् । फोहर व्यवस्थापनको विषयमा काम गर्ने सरकारको हुती नभएको भन्दै एमालेका नेता तथा सांसद योगेश भट्टराईले मेयर शाहलाई एमालेसँग मिलेर काम गर्न आग्रह गरेका हुन् । 

नेता भट्टराईले मेयर शाहलाई सरकारको भर पर्ने हो भने असफल हुने निश्चित भएको बताए । उनले संसद्मा शाहलाई एमालेसँग फोहर व्यवस्थापनको भिजन भएको भन्दै त्यस काममा एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको पनि बताए । 

नेता भट्टराईले भने ‘म काठमाडौंका मेयर वालेन्द्र शाहलाई भन्न चाहन्छु, ठोस् प्रस्तावसहित आउनुस् नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईँलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ ।’

नेता भट्टराईले ७१ दिनसम्म पनि काठमाडौंको फोहर नउठेको भन्दै यस विषयमा सरकारले पनि केही पहल नगरेको आरोप लगाए ।  उनले भने,' यसअघि काठमाडौंको फोहर १४ दिनसम्म नउठेको इतिहास छ, आज ७१ दिन भयो प्रधानमन्त्रीबाट केही पहल भएको छैन ।  सम्बन्धित मन्त्रीहरू बेखबर छन्, त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंमा फोहरले काठमाडौं नै गनाउने अवस्थामा पुगेको छ ।'

 सरकारको हुती नभएको र  कुनै पहलकदमी गर्न नसक्ने बताए । उनले भने,' यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण आज म गर्दिन ।'
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ