arrow

बाबुराम पुरानो घरमा फर्कँदै, प्रचण्डले बोलाए बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
baburam-bhattrai-jpg.jpg.jpeg

काठमाडौं । संविधान जारी भएपछि पार्टी त्यागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आठ वर्षपछि पुनरागमनको गृहकार्यमा जुटेका छन् । २०७२ असोज ९ मा एकीकृत नेकपा माओवादी परित्याग गरेका बाबुराम भट्टराई पुनः आफ्नो पुरानो घरमा फर्कने तयारीमा छन् ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टी जसपाले कारबाही गरेपछि बाबुराम माओवादी केन्द्रसँग सहकार्य गर्न राजी भएका हुन् । 

आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा माओवादी माओवादी केन्द्रकै चुनाव चिह्नमा लड्ने मौखिक सहमति बाबुरामले दिइसकेका छन् । त्यसको लिखित सहमति आज हुदैछ । सोही तयारी स्वरूप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएका छन्।

यसअघि आइतबार प्रचण्ड र डा. भट्टराईबीच सहकार्यका विषयमा छलफल भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न डा. भट्टराई सहमत भएका छन् ।

माओवादी पार्टी छाडेपछि विभिन्न प्रकारको प्रयोग गर्न खोजे पनि भट्टराई सफल हुन सकेनन् । माओवादी केन्द्र परित्याग गरेपछि भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गरे । त्यसपछि उपेन्द्र यादव तथा अशोक राईसँग मिलेर समाजवादी पार्टी नेपाल बनाए । समाजवादीपछि जनता समाजवादी पार्टी जसपा हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) पुगेका बाबुराम अन्ततः माओवादीकै चुनाव चिह्नमा उम्मेदवार हुन तयार भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ