arrow

राष्ट्रपतिलाई महाभियोग लगाएर पदच्युत गर्न सरकारसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
Tarun-Dal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदच्युत गर्न नेपाल तरुण दलले नेपाल सरकारसँग आग्रह गरेको छ । सोमवार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । 

राष्ट्रपति भण्डारीले आइतवार प्रतिनिधि र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक फिर्ता गरेपछि तरुण दलले राष्ट्रपति भण्डारीलाई पदच्युत गर्न आग्रह गरेको हो। 

विद्वान् गुरुङले राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनुपर्ने अन्यथा उनलाई महाभियोग लगाएर पदच्युत गर्न संसद र सरकारसँग आग्रह गरेका छन्।

गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलबाड गर्न, बेवास्ता गर्ने र सीमित राजनीतिक पाटीको चौधेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यता महाअभियोग बाट पदच्युत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ ।' 

राष्ट्रपतिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण विना प्रतिनिधि सभा फिर्ता पठाइएको तरुण दलको आरोप छ । 

विज्ञप्ति
प्रस्तुत विषयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नैपालको सार्वभौम सता सम्पन्न सांसदबाट पास भई प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लाग राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण विना प्रतिनिधि सभा फिर्ता पठाइएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ । 

साथै नागरिकता विहीन नेपाली जनता माथिको यो अपमानको घोर निन्दा र भर्त्सना गर्दछ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठित हुने गरि उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गने आशामा बसेका नेपाली नागरिकहरू फेरी अन्धकारको भुमरीमा धकेलिएका छन् । 

राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलबाड गर्न, बेवास्ता गर्ने र सीमित राजनीतिक पाटीको चौधेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यता महाअभियोग बाट पदच्युत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ